शेयर बजारमा १३ अंकको गिरावट

काठमााडौं । बुधवार सेयर बजार राताम्मे भएको छ । मंगलवार शेयर बजार ९२.४६ अंकले वृद्धि भएको थियो । बुधवार १३.७९अंकले घटेर बजार करेक्शन भएको छ । आज बजार २,५८५.२८ मा पुगेर कारोबार रोकिएको छ ।

बुधवार २ सय १५ कम्पनीको ९० लाख कित्ता सेयर किनबेच भएको छ भने सो किनबेचपछि ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ४६ हजार वटा कारोबार भएको छ । व्यापार, उत्पादन र अन्य समूहको सूचक मात्रै बढेका छन् भने अन्य सबै उपसमूहको सूचक राताम्मे भएको छ । आज जीवन बीमा समूहको कारोबार १५० अंकले घटेको छ भने निर्जीन बीमा समूह १०४ अंकले घटेको नेपाल स्टक एक्चेन्ज(नेप्से) ले जनाएको छ ।

आज पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रैराङ हाइड्रोपावर र सिन्धु विकास बैंकको सेयर मूल्य ४÷६ प्रतिशतसम्म घटेको छ । आज १४१ भन्दा बढी कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?