सुमन केसीको नयाँ गीत ‘आँशु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सुमन केसीको आवाजमा रहेको नयाँ गीत ‘आँसु’ को भिडियो युट्यूवमार्फत सार्वजनिक भएको छ ।

लोकप्रिय गीतकार दिपेन्द्र खड्काको शब्द तथा संगीतकार दिपेन्द्र थिङको संगीतमा सजिएको मर्मस्पर्शि गीत ‘आँसु’ भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निर्देशक गोरव गिरीको निर्देशनमा परिवारलाई बिर्सेर परायसँग माया जालमा परेपछि पछुताउनु पर्दाको पिडा र रोदन अनि परिवार बिचल्लीमा पर्दाको पिडा युक्त प्रेमले भरिएको भिडियोमा राजकुमार थापा, अञ्जली अधिकारी, स्वनिका बास्तोला र अजय तामाङले अभिनय रहेको छ ।

त्यस्तै बालकलाकारहरु तपस अधिकारी र आयुसी धमलाको समेत अभिनय रहेको भिडियोमा विमला तामाङको मेकअप, बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?