गण्डकी प्रदेश बैठक : अविश्वासको प्रस्ताव फाटेको धोतीजस्तो भएको टिप्पणी !

काठमाडौं । गण्डकी प्रदेशका नेकपा एमालेका सांसद कृष्णबहादुर थापाले सरकारमाथि दर्ता भएको अविश्वास प्रस्ताव फाटेको धोती जस्तो भएको टिप्पणी गरेका छन् ।

“यो अविश्वासको प्रस्ताव फाटेको धोति जस्तो छ । कतिबेला फाट्छ पत्तो छैन् ।” उनले भने ।

गण्डकी प्रदेशका जनताहरुले दिएको मतको अवमूल्यांन गर्नका लागि अविश्वासको प्रस्ताव ल्याइएको आरोप लगाए ।

त्यस्तै २७ जना सांसदहरुको प्रतिनिधित्व गर्ने सरकारलाई अवमूल्यान गर्न खोज्नु वकवास मात्रै भएको टिप्पणी गरे ।

“२७ जना सांसदहरुको बाहिपास गर्न खोजिनु वकवास हो, वाइयात हो । अविश्वासको प्रस्ताव सत्ता केन्द्रमा लिप्सा छ । कोरोनाको बिरामीको लागि यो अविश्वासको प्रस्ताव कात्रो बनेर आएको छ ।” उनले भने ।

त्यस्तै अविश्वासको प्रस्ताव ल्याउनेहरुले जनताको स्वास्थ्यमा ध्यान नदिएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?