काठमाडौं ।आज काठमाडौं, काठमाडौं नभएर भिडमाडौंको रुपमा परिणत भएको छ । यो भीड नयाँ बसपार्क गंगबुँको हो ।

भोलि १६ गतेदेखि काठमाडौं उपत्यकामा १ हप्ता लामो निषेधाज्ञा लाग्ने भएपछि काठमाडौं बाहिर जानेको भीड हो यो । निषेधाज्ञा थप हुने आशङ्काले काठमाडौं छोड्नेको संख्या बढेको छ ।

यो लाइन विभिन्न अस्पताल अगाडी खोप लगाउन बसेकाहरुको हो ।

सरकारले आइतवारबाट १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिहरुलाई खोप लगाउन थालेको छ । खोप केन्द्र थोरै हुनु र बिहीबार बिहानदेखि निषेधाज्ञा शुरु हुने भएपछि भीड बढेको छ ।

यो लाइन पेट्रोल पम्प अगाडिको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि निस्कनु परेमा पेट्रोल नपाइने डरले थप सञ्चय गर्न उपभोक्ता लाइनमा बसेका छन् ।

यो दृश्य एक सपिङ सेन्टर भित्रको हो ।

भोलिबाट निषेधाज्ञासँगै बजार, पसल बन्द हुने डरले उपभोक्ता सपिङ सेन्टरमा पुगेका छन् । आवश्यक सामान एकै ठाउँमा पाइने भएकोले पनि उपभोक्ता एकै पटक सपिङ सेन्टरमा पुगेका छन् ।

यी भीडहरु सरकारको अव्यवस्था र फितलो योजनाको परिणाम हो । करिब ८ लाख मानिस काठमाडौं बाहिरिनसक्ने अनुमानकाबीच २ दिनको समय मात्र राखेर निषेधाज्ञाको मिति तोक्नु गलत भएर होला अहिले काठमाडौं भिडमाडौं बनेको छ । भीडले सबैको घरमा कोरोना लैजान सहयोग गरिरहेको बारे कसले प्रश्न गर्ने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया