लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान, यस्ता छन् कार्यसूची

काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

आगामी वैशाख १९ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले लोकपथलाई जानकारी दिए ।

प्रतिपक्षी दलहरुले प्रदेश सभा सचिवालयमा बैठक बोलाउन गरिएको प्रस्तावका आधारमा बैठक बोलाइएको हो ।
१९ गतेको बैठकमा मुख्यत् अविश्वासको प्रस्तावका विषयमा छलफल हुने उनले बताए ।

“बैठकमा मुख्यतया अविश्वासको प्रस्तावमा रहेर छलफल हुनेछ । त्यसका साथसाथै मन्त्रिपरिषद् पुनर्गठन, संसद अधिवेशनको आह्वानको पत्र पढ्ने साथै अविश्वासको प्रस्तावमा पहिलो हस्ताक्षरकर्ताले पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।” उनले लोकपथसँग भने । “सभामा अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने र सरकार बचाउने वा राख्ने भन्ने निर्णय गर्नेछ ।”

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरुले वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?