साउथकी एक्स्प्रेशन क्वीन रश्मिका बलिउड फिल्म खेल्दै

लोकपथ
572
Shares

काठमाडौं । साउथकी एक्स्प्रेशन क्वीन रश्मिका मन्डाना आफ्नो अभिनय र एक्स्प्रेशनका कारण सधै चर्चामा रहेने गरेकी छिन् ।

उनले पहिले नै दुइवटा बलिउड प्रोजेक्ट गरेको बताएकी छिन् । उनले आइजी लाइभमा बोल्दै आफुले बलिउडमा पहिले नै दुइवटा बलिउड प्रोजेक्ट गरिसकेको र अब तेस्रो फिल्म पनि छिट्टै साइन गर्ने बताएकी छिन् ।

उनले भनेकी छिन् ‘म दुई बलिउड फिल्महरू गर्दैछु र चाँडै तेस्रोमा हस्ताक्षर गर्ने छु । मलाई अहिले पक्का निश्चित छैन तर म तेस्रो चाँडै गर्नेछु। प्रतीक्षा गर्नुहोस्’

रश्मिकाको क्यारियरको बारेमा कुरा गर्ने हो भने उनले क्यारियर शुरुवात गरेको धेरै समय भएको छैन, तर उनले असाधारण लोकप्रियता हासिल गरिन । रश्मिका २०१६ मा कन्नड़ फिल्म किरिक पार्टीको साथ उद्योगमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले अन्जनी पुत्र, चम्का, चलो जस्ता फिल्महरू गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?