घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ७ सयले कमि आई प्रतितोलामा ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुुनको मूल्य ९० हजार कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?