काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको सबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व र १५ प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोसन सम्बन्धी प्रस्तावलाई पारित गर्दै पार्टीको नयाँ संगठन संरचना अनुसार पार्टीको सबै समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व, १५ प्रतिशत दलितको प्रतिनिधित्व र २० प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया