कोरोनाविरुद्ध लड्न सर्वपक्षीय राजनीतिक संयन्त्र गठन गर्न माओवादी केन्द्रको माग

लोकपथ
8.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र गठन गर्न माग गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले कोरोनाविरुद्धको लडाँइमा सर्वपक्षीय राजनीतिक संयन्त्र आवश्यक रहेको ठहर गर्दै सर्वपक्षीय राजनीतिक संयन्त्र गठन गर्न सरकार सँग माग गरेको हो ।

एकीकृतरुपमा कोरोनाविरुद्ध लड्नु जरुरी रहेको भन्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, अग्रमोर्चामा रहेका चिकित्सकलाई विशेष व्यवस्था गर्न आग्रह गर्दै सो पार्टीले निषेधाज्ञाका कारण समस्यामा पर्ने वर्ग तथा समुदायलाई विशेष राहत दिन भनेको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले अक्सिजन, आइसियु, भेन्टिलेटर र आइसोलेसन सेन्टर व्यवस्था गर्न स्वास्थ्य सामग्रीको जोहो गरी नागरिकलाई राहतको प्रबन्ध गर्न अनुरोध गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?