१४ मङ्सिर २०८०, बिहीवार

राष्ट्रपतिद्वारा स्याफ्रुबेँसी–मैलुङ सडकको अवलोकन

२०७४,आश्विन,२०,शुक्रवार ०६:५६

0
Shares

 रसुवा, २० असोज   ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँसी–मैलुङ सडकको आज अवलोकन तथा निरीक्षण गरेकी छिन ।उनले धार्मिक एवं पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान गरी पूजाअर्चनासमेत गरेको  राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।यसैगरी राष्ट्रपति भण्डारीले आजै धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ गणकोसमेत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको सचिव पौडेलले बताए ।सो अवसरमा रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जिल्लाको वस्तुस्थिति र कालीजङ गणका गणपति प्रमुख सेनानी शीतल बानियाँले गणले गरेका जैविक विविधता संरक्षणसम्बन्धी गतिविधिबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका हुन ।  

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०६:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८