सार्वजनिक यातायातमा प्रहरीको छड्के चेकिङ, १४ सय ९३ जना होल्डिङ सेन्टरमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीवार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

कोरोना जोखिम बढेसँगै सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको हो ।

ट्राफिक प्रहरीले पनि सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको निग्रानी गरिरहेको छ । चोक चोकमा प्ले कार्ड बोकेर बसेका प्रहरीहरु देख्न सकिन्छ ।

प्रहरीले मास्क नलगाई हिंडनेलाई होल्डिङ क्षेत्रमा राख्ने गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले लोकपथलाई बताए ।

“काठमाडौंमा मात्रै ८५ वठा होल्डङ सेन्टर बनाएका छौं, आज (मंगलवार) मास्क नलगाएकै कारण १४ सय ९३ जनालाई होल्डङ सेन्टरमा राख्यौं ।” एसपी बस्नेतले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?