कोरोनाविरुद्धको खोप लगाउने ठाँउमै कोरोना जोखिम, हुलमुलमा खोप लगाउनै हम्मे !

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियान चलाइरहेको छ । सरकारले तोकेको विभिन्न अस्पतालहरूमा सर्वसाधारणहरुले खोप लगाइरहेका छन् ।

खोप अभियानअन्तर्गत प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकता परेका लक्षित समूहलाई गत १४ माघदेखि १० फागुनसम्म खोप लगाइएको थियो । दोस्रो चरणमा खोपको पहिलो डोज लगाएका उक्त समूहलाई ७ देखि ११ वैशाखसम्म दोस्रो डोज लगाइएको थियो ।

खोप लगाउन सरकारले विभिन्न अस्पताललाई केन्द्र तोकेको छ । जसअन्तर्गत अहिले काठमाडौंमा नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पतालमा खोप लगाइरहेका छन् ।

कोरोना जोखिम बढेसँगै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । तर खोप केन्द्रमा खोप लगाउनेको भिड लागेको छ । भौतिक दूरीको पालना भएको देखिँदैन ।

नेपाल प्रहरी अस्पतालमा खोप लगाइरहेका सर्वसाधारणहरु तस्वीरमा हेर्नुहोस् :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?