भयावह बन्दै कोरोना : निषेधाज्ञा हुने भएपछि काठमाडौं छोड्दै मानिसहरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीवार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा बैशाख १६ गते बिहीवारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलवार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।

खासगरी पुरानो बसपार्कमा मानिसहरुको भीड बढेको छ । पुरानो बसपार्कमा टिकट काट्ने मानिसहरुको भिड लागेको छ ।

आजै दिउँसो १ बजेसम्ममा ११ हजार मानिसहरुले काठमाडौं छोडेका महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक त्रिभुवन सिंह थापाले लोकपथलाई बताए ।

सरकारले काठमाडौं उपत्यकामा बिहीवारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ । केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् ।

तस्वीरमा हेर्नुहोस् काठमाडौं छाडेर घर फर्किनेहरुको भीड :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?