काठमाडौं–पछिल्ला दिन नेपालमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रुपमा बढेको छ । चिकित्सकहरुले स्वास्थ्य संकटकाल आउन सक्ने भन्दै बेलैमा सतर्कता अपनाउन जोड दिएका छन् । नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको स्वास्थ्य क्षेत्रमा सरकारी अधिकारीको भनाई छ ।
सरकारले काठमाडौं उपत्यकामा संक्रमणको ग्राफ उकालो लागेपछि यही बैशाख १६ गतेबाट २ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको छ । सरकारले काठमाडौं छाड्नेलाई दुइ दिनको समय दिएको रुपमा बुझ्न सकिन्छ । काठमाडौं बाहिरका जिल्लाहरुमा कोरोना झांगिएको छ । अस्पतालहरुमा बेडको अभाव हुन थालेकोछ । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । भुँइमा राखेर उपचार गर्ने स्थान पनि नभएको अवस्था छ ।
कहाँ चुक्यो सरकार ?
गत वर्ष पनि लामो लकडाउन गरियो । त्यसको असर सबै क्षेत्रमा पर्यो । लकडाउन खुलेपछि सरकारले स्वास्थ्य पूर्वाधारमा ध्यान दिएन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोनाको संभावित जोखिम नियन्त्रण भन्दा पनि सत्ता जोगाउने खेलमा लाग्यो । सरकारले जनताप्रतिको उत्तरदायित्वको भूमिका जुन रुपमा गर्नुपथ्यो त्यो गर्न सकेन । गुटगत कार्यकर्ताकै भरमा सरकारले विश्वास गर्यो।
किनकि गुटमा लागेका नेता कार्यकर्ताले सरकारको कमजोरी भएपनि राम्रो छ भन्ने नेपाली प्रबृत्ति छ । चिकित्सकले दिएको सल्लाह सरकारले सुनेन । एक चिकित्सक भन्छन् सरकारले कोरोनाको संभावित जोखिमबारे चिकित्सकले दिएको सुझाव समयमै सुनेको भए कोरोनासँग आत्तिनु पर्ने थिएन ।
सीमामा भद्रगोल :
भारतमा कोरोना संक्रमण तीब्र भएका बेला सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा कडाइ गर्न सक्नुपथ्र्याे । सीमामा स्वास्थ्य परीक्षणको व्यवस्था भरपर्दाे रुपमा गर्न सकेको भए संक्रमण केही हदसम्म नियन्त्रणमा रहने चिकित्सकको भनाई छ ।

नेपाल प्रवेश गर्नेहरु क्वारेन्टाइनमा बस्नुको सट्टा खुलेआम हिडेर आफ्नो गाउँठाउँ र जहाँसुकै पुग्नसक्ने भए । चोर बाटो भएर प्रवेश गर्ने मानिस पनि त्यत्तिकै छन् । अहिले नेपाल कोरोनाको भुङग्रोमा पर्न लाग्दा समेत खुला सीमाका कारण आवत जावत रोकिएको छैन ।
राजनीतिक दलको भूमिका खै ?
नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता ठूला र धेरै कार्यकर्ता भएका राजनीतिक दलको भूमिका पनि कोरोना महामारीका बेला महत्वपूर्ण हुन्छ । त्यसै गरी जनता समाजवादी पार्टीको भूमिका पनि निकै महत्वपूर्ण छ । तर कुनै पनि दलले आफ्ना कार्यकर्तालाई जनचेतनाका लागि फिल्डमा उतार्न सकेकन छैनन् । ठूला राजनीतिक दलले चाहेमा आफ्ना कार्यकर्तालाई उतार्न सक्छन भन्ने कुरा उनीहरुले बिभिन्न राजनीतिक भेलामा गराएका कार्यकर्ताको उपश्थिितिलाई लिन सकिन्छ ।
राजनीतिक दलका कार्यकर्ता जुन ठाउँका हु त्यहाँको स्थानीय तहका मानिसँग राम्रो सम्बन्ध रहेको हुन्छ । कोरोना महामारीबारे उनीहरुले स्थानीयलाई स्वास्थ्य सकर्तकता अपनाउन निकै ठूलो भूमिका निर्वाह गर्न सक्छन् । जनचेतना जगाउने, संक्रमितलाई समस्या परेको बेला अस्पताल जानको लागि समन्वय गरिदिने जस्ता धेरै काम दलका कार्यकर्ताले गर्न सक्छन् । तर राजनीतिक दलहरु विज्ञप्ति निकालेर लुकेर बस्ने गरेका छन् । कोरोना महामारी विरुद्ध कार्यकर्ता परिचालनमा राजनीतिक दलहरु चुकेका छन् । हुनत यसमा सबै राजनीतिक दलसँग समन्वय गर्ने काम सरकारकै हो । यसमा सरकार गम्भीर बन्नै पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया