निषेधाज्ञामा पनि शेयर बजार सञ्चालन हुने

काठमाडौं । कोरोना रोकथामका लागि लगाइएको निषेधाज्ञाको समयमा पनि शेयर बजार भने सञ्चालनमा रहने भएको छ ।

शेयर कारोबार अनलाइनबाट हुने भएकाले निषेधाज्ञाको समयमा पनि शेयर कारोबार हुने भएको हो । घरबाटै शेयर कारोबार हुने भएकाले पनि अहिले कारोबार हुने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

शेयर खरिदबिक्री तथा कारोबार समेत घरबाटै गर्न सकिने भएकाले बजार बन्द नगर्ने निर्णयमा पुगेको बोर्डले जनाएको छ ।

तर एक वर्षअघिको लकडाउनमा भने शेयर बजार पूरै बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?