गण्डकी प्रदेश बैठक : अविश्वासको प्रस्ताव छल्न सत्तापक्षको अवरोध !

काठमाडौं । गण्डकी प्रदेशको प्रदेश सभाको बैठकमा सत्तापक्षका सांसदहरुले कोरोना जोखिमको कारण देखाउँदै बैठकमा अवरोध गरेका छन् ।

मंगलवार बसेको प्रदेश सभाको बैठकमा पीसीआर परीक्षण नै नगरी बैठक आह्वान गरिएको भन्दै नेकपा एमाालेका सांसदहरुले अवरोध गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावविरुद्ध छलफल हुने कार्यसूची रहेको थियो ।

सोमवारबाट शुरु भएको प्रदेश सभाको मंगलवारको बैठकमा पनि अविश्वासको प्रस्तावबारे छलफल हुने भनिएको थियो । तर सांसदहरुले बैठकमा अवरोध खडा गरेपछि २० मिनेटको लागि स्थगित गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । त्यससँगै गत वैशाख २ गते कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । त्यसो अविश्वासको प्रस्ताव छल्ने पूर्व संकेतबाट वैशाख १ गते राति १२ बजेबाट प्रदेश सभाको हिउँदे अधिवेशन समेत अन्त्य गरिएको थियो । भने कांग्रेसका सांसदहरुले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

त्यसै अनुसार सोमवारका लागि प्रदेश सभा बैठक बोलाइएको थियो । त्यसबाट सरकार नै गुम्ने खतरा भएसँगै अन्य दलका सांसदहरुलाई फकाउन विभिन्न तानाबाना बुन्न होटेलहरुमा भेटघाट भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?