सुनको मूल्यमा सामान्य गिरावट, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको छ । भने आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९१ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य ९० हजार ८ सय रहेको । तर आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

सोमवार चाँदीको मूल्य १३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदीको मूल्य १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?