एकै परिवारका ११ जनामा कोरोना संक्रमण

लोकपथ
338
Shares

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस संक्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं। ३ तरहीमा एकै परिवारका ११ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो ।

वृद्ध महिलामा संक्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए । केही दिनअघि परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए । संक्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?