काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थपिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एआईजीको ४ वर्षे पदावधी आगामी वैशाख २० गते सकिन लागेका दुई एआइजीहरुको पदावधी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सशस्त्र एआईजीको पदावधी ४ वर्षको हुन्छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था अनुरुप आज गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया