२०७८,बैशाख,२९,बुधबार

मोटरहेड बाइक: निषेधाज्ञा अगावै बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किममा थप ५ हजार छुट


काठमाडौं । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले निषेधाज्ञालाई मध्यनजर गरी ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको छ।

सरकारले यही बैशाख १६ देखि निषेधाज्ञा लागू गर्न लागेको समाचार आइरहेको सन्दर्भमा यो स्किम ल्याएको एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस हेड उज्वल जोशीले बताए । यो अफर काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको छ ।

यस अनुसार आगामी बैशाख १६ भन्दा पहिले मोटरहेडका कुनै पनि बाइक बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किममा थप ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ ।

काठमाडौंको बालाजु, टेकु र चाबहिल तथा ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा रहेको मोटरहेड सोरुमबाट यो स्किम अन्तर्गतको छुट उपलब्ध हुनेछ ।

हाल नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर चलिरहेको छ । उक्त अफर अन्तर्गत नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिद गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन् । यसका साथै कम्पनीको तर्फबाट थप एसेसरिजहरु पनि प्रदान गरिने बताइएको छ ।

अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले बताएको छ । यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ । अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने छ ।

हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।

प्रकाशित मिति: २०७८,बैशाख,१३,सोमवार १७:४९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कारोबारमा उतारचढावका बीच बुधवार शेयर बजार बन्द हुँदा हरियो देखिएको छ । बुधवार शेयर बजार परिसूचक नेप्से ०

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ३

काठमाडौं । मंगलवार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा शेयर बजारमा हरियाली देखिएको छ । मंगलवार शेयरबजार परिसूचक नेप्से २७ दशमलव

काठमाडौं । मंगलवार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत कारोबार दिन सोमवार नेपाली बजारमा प्रतितोला