ओस्कर २०२१ : ‘नोम्याडल्याण्ड’ले जित्यो तीन ठूला उपाधी

लोकपथ
91
Shares

काठमाडौं– आज (सोमवार)सम्पन्न ९३ औं ओस्कर अवार्डमा चलचित्र ‘नोम्याडल्याण्ड’ले तीन ठूला विधामा उपाधी जितेको छ । सो चलचित्रले सर्वोत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीको उपाधी जितेको हो ।

महिला निर्देशक क्लोइ चाओले ‘सर्वश्रेष्ठ निर्देशक’को उपाधी जितिन् ।चाओ ओस्करको इतिहासमा निर्देशन विधामा उपाधी जित्ने दोस्रो महिला निर्देशक बनेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि क्याथरिन बिगेलोले सन् २०१० मा ‘हार्ट लकर’बाट क्याथरिन बिगेलोले यो विधामा उपाधी जितेकी थिइन् ।

‘नोम्याडल्याण्ड’का लागि अभिनेत्री फ्रान्सिस मेक्डारमेण्डले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितिन् ।

चलचित्र ‘द फादर’का लागि अभिनेता एन्थी हपकिन्सले ‘बेस्ट एक्टर’को उपाधी जिते । मिनारीबाट यु जोङ उन पहिलो ओस्कर जित्ने कोरियाली अभिनेत्री बनिन् ।

यसपालीको ओस्करमा उपाधी जित्न सफल :

फिल्म : नोम्याडल्यान्ड
निर्देशक : क्लोइ चाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?