अब त भीडभाड गर्न छोड्ने कि प्रधानमन्त्रीज्यू ! (भिडियो रिपोर्ट सहित)

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ११९ जना पुगेको छ। आइतवार तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमित हुनेको संख्या तीन लाख ११९ पुगेको हो।

कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। अहिले १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको ग्राफ निरन्तर उकालो लागेसँगै कोभिड १९ संकट ब्यबस्थापन केन्द्रले पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित संख्या पुगेपछि निषाधाज्ञा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यका मापदण्ड प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिँदै आएका छन् ।जनस्वास्थ्यका मापदण्डलाई नै प्राथमिकता दिईरहेका प्रधानमन्त्री ओली आफैंले भने यसको कतिको पालना गरेका छन् त ? यो आम जनचासोको विषय बनेको छ यतिवेला ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?