काठमाडौं । खुकुरी नेपाल सुपर लिगको तेस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
पहिलो हाफको ४२औं मिनेटमा बुटवल लुम्बिनीका लागि अफ्रीकी स्ट्राइकर अर्माण्ड बेडुमले हेडर गोल गर्दै १–० को अग्रता दिलाए । खेलको दोस्रो मिनेटमै वान अन् वान मौका खेर फालेका बेडुमले यस पटक मान बहादुर परियारको क्रस व्यर्थ जन दिएनन् ।
दोस्रो हाफको ७६औं मिनेटमा पोखराका डिफेन्डर अजीत भण्डारीले आत्मघाती गोल गर्दा खेल बुटवल लुम्बिनीले २–० ले आफ्नो हातमा पार्न सफल भयो ।
खेलको म्यान अफ दि म्याच बुटवलका गोलकर्ता अर्माण्ड बेडुम चुनिए । उनले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । त्यसै गरी खेलको प्रमिसिङ प्लेयर बुटवलकै आमिर श्रेष्ठ घोषित भए। उनले १० हजार रुपैयाँ नगद पुरस्कार ग्रहण गरे ।
एनएसएलमा भोलि एकमात्र खेल खेलिने छ । आफ्नो पहिलो खेल खेल्न गइरहेको एफसी चितवनले ललितपुर सिटी एफसीको सामना गर्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया