२०७८,श्रावण,११,सोमवार

लोकतान्त्रिक समाज : भावनात्मक कमजोर, स्वार्थमुखी बढी

२०७८,बैशाख,१२,आईतवार १७:०४


जनआन्दोलन २०६२/०६३ को एउटा मूलमर्म थियो, राजनीतिक तथा सामाजिक रुपान्तरण।

मुलुकमा लोकतन्त्रको आगमन भएको १५ औं वर्षगाँठमा आइपुग्दा समाजमा के कस्तो फेरवदल आयो ? नेपाली समाज कतातिर उन्मुख छ ? र, विश्वको सामाजिक मुल्यमान्यतासँग नेपाली समाजको उन्मुखता सही छन् कि गलत भन्ने महत्वपूर्ण विषय हो।

समयसँगै समाजको फेरबदल स्वाभाविक मान्न सकिन्छ । राजनीतिक परिवर्तनसँगै जारी भएको नयाँ संविधान र प्रविधिको तीव्रतर विकाससँगै बितेको १५ वर्षमा नेपाली समाज निकै रुपान्तरित भए । तर, यस अवधिमा नेपाली समाज कतातिर जाँदैछ भन्ने सोचनीय विषय बनेको छ।

यस अवधिमा नेपाली समाजमा चेतनाको स्तर फराकिलो भएको छ । वाक स्वतन्त्रको सदुपयोग गर्दै राष्ट्रिय विषयवस्तुहरुमा आफ्नो धारणा निर्धक्क राख्न सक्ने भएका छन्, आमसमुदाय । यिनै कारण नेतृत्व तवरबाट लुकाइएका विकृती र विसंगतीहरु छत्ताछुल्ल पोखिएका छन् । गलत कदमको चर्को खबरदारीले कयौं स्वार्थकेन्द्रित एजेण्डाहरु फिर्ता भएका छन् । कयौं ऐन कानूनहरु थप सशक्त बनाइएका छन्।

तर, कतिपय अवस्थामा मौलिक हकको हवाला दिँदै हुने गतिविधिहरुले समाजलाई विकृतउन्मुख बनाएको छ । सामाजिक सञ्जाल, फोन कल, एसएमएस जस्ता प्रविधिको दुरुपयोगले भने समाजमा विकृती फैलिएको छ । प्रविधिको दुरुपयोगले ठूला अपराधहरु समेत भएका छन् ।

पछिल्लो समय अपराधिक मनोवृत्ति समेत बढेको समाजशास्त्रीहरु बताउँछन् । जसको परिणामस्वरुप छोरीचेलीहरु आफन्तबाटै असुरक्षित बनेका छन् । लोभ, अंहकार, प्रतिस्पर्धा र एकांकी सोचका कारण हत्या हिंसा जस्ता अपराधिक घटनाक्रमहरु बढेका छन्।

लोकतन्त्रपश्चात स्वच्छ राजनीति धेरैको अपेक्षा थियो । तर, राजनीतिक दल र नेतृत्वप्रतिको वितृष्णा निकै बढेको देखिन्छ । विशेषतः पछिल्लो युवापुस्ताहरु नेपालको राजनीतिप्रति निकै असन्तुष्ट छन् । त्यसैको परिणाम होला, स्थानीय निकायको निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा उदाएका युवा नेतृत्वप्रति उनीहरुको झुकाव बढेको ।

नेतृत्वहरुबीच सत्ताका लागि हुने गरेको हानथाप र राजनीतिक आडमा हुने गरेका गलत कदमले नेपाली समाजमा राजनीतिप्रतिको दृष्टिकोण नै फेरिएको छ । त्यसैले त कतिपय जमात लोकतान्त्रिक ब्यबस्थाकै विरुद्ध कडारुपमा उत्रिएका छन्।

समावेशीताको मुद्धाले नेपाली समाजलाई केही हदसम्म फराकिलो बनाइदिएको छ । तर, यसको उचित सदुपयोग भने हुन सकिरहेको अवस्था छैन । समाजमा एकांकी सोचको विकास भएको छ । आफ्नो हक अधिकार प्राप्तीका लागि लड्नुपर्छ भन्ने भावना बलियो भएको छ । लोकतन्त्रपछि जातीय, वर्गिय तथा लैंगिक विभेदको खाडल पुरिन थालेको छ ।
एउटा नकारात्मक पक्ष के हो भने लोकतन्त्रपछि नेपाली समाज भावनात्मक साथ सहयोगबाट अर्थमूखी बन्न थालेको छ।

सहयोगात्मक र सामुहिक भावनामा रहेको नेपाली समाज लोकतन्त्रपछि आर्थिक भावनामा केन्द्रित भएको देखिन्छ । हरेक गतिविधिलाई आर्थिक कोणबाट नियाल्न थालेकाले पछिल्लो समय समुदायमा पैसामुखी भावना बढेको समाजशास्त्रीहरु बताउँछन् । विगतमा मेलापर्मबाट हुने कामहरु अहिले पारिश्रमिकमा रुपान्तरित भएको छ ।

जीवनको आधारभूत पक्ष मानिने संस्कार र संस्कृर्ती विस्तारै हराउँदै गएको अवस्था छ । अझ विडम्वना त के छ भने पश्चिमा मुलुकहरुले पुर्वीय दर्शनको सिको गर्न थालेको अवस्थामा हामी भने आँखा चिम्लेर पश्चिमा संस्कृति अंगालिरहेका छौं । बेलायतदेखि अमेरिका समेतले संस्कृत शिक्षा अध्यापन गराईरहँदा नेपालले नैतिक शिक्षा समेत पाठ्यपुस्तकबाट हटाएको छ।

नेपाली समाजमा परस्पर सहयोगको भावनामात्रै होइन शिष्टता, सौर्हादता, विनम्रता जस्ता कुराहरु लोपोन्मुख बन्दैछ । ब्यक्तिको विश्वास सामुहिकतामा भन्दा आफूमात्रमा केन्द्रित छ । विशेषतः शहरी क्षेत्रमा त छिमेकी घर, अझ कतिपय अवस्थामा छिमेकी कोठामा बस्ने ब्यक्तिहरुबीच समेत सम्वन्ध स्थापित हुन सकेको छैन ।

‘आफैं गर आफै खाउ’ भने जस्तै समाजमा एकखाले स्वार्थी भावले स्थान जमाउन थालेको छ । अचेल सहयोगी भावना त छ तर कमिसनमुखी सहयोगको भावना हावी हुन थालेको छ।

विश्वविद्यालयमा पढाइने सामाजिकशास्त्र, इतिहास जस्ता विद्यालयहरुमा विद्यार्थीहरुको क्रेज घट्दै जानु पनि सामाजिक रुपान्तरणकै प्रभाव हो।

हाम्रो भावनात्मक सोच कतिसम्म फेरिएको छ भने सरकारी भन्ने वित्तिकै कमसल, निजी भन्ने वित्तिकै गुणस्तरीय सोच्छौं । सरकारी विद्यालयका रोजगारी खोज्छौं तर सरकारी विद्यालयको पठनपाठन भन्ने बित्तिकै नाम खुम्च्यिाउँछौं । सरकारले निःशुल्क दिएको सेवामा शंका गर्ने बानीको विकास भएको छ किनकी नेतृत्वप्रति आम समुदायको आशंका र वितृष्णा छ ।

पछिल्लो समय विश्वमा समतामूलक समाजको अवधारण लोकप्रिय बन्न थालेको छ । सभ्य, शिष्ट, विश्वासिलो र समानतामूलक समाज आजको आवश्यकता हो त्यसका लागि नेतृत्व तहमा रहेका सबैले आ-आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले बहन गर्न जरुरी छ।

प्रकाशित मिति: २०७८,बैशाख,१२,आईतवार १७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तनहुँ व्याँस नगरपालिका–९ घर भएकी ४५

कपिलवस्तु । कपिलवस्तुमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहितका प्रस्ताव गरेका छन् । मिश्रले सोमवार ४४ पृष्ठ लामो धारणा

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका हो धनगढी । तर, यही उपमहानगरपालिकाका केही जनता भने विकाससँगै आधारभूत सेवा पाउनबाट समेत

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४