प्रथम विश्व कास्की सम्मेलन हुने

पोखरा, २० असोज ।“खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ ।कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा छरिएर रहेका गैर आवासीय कस्केलीको साझा मञ्च निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का संयोजक पूर्णप्रसाद तिम्सनाले जानकारी दिए ।“विश्वमा छरिएका कस्केलीको साझा मञ्च निर्माण गरी यस क्षेत्रको समग्र विकास, प्रविधि, सीप एवं विदेशमा हासिल गरेको ज्ञानलाई जिल्लामा भित्र्याउने हाम्रो सोच हो,” उनले भने “जन्म थलोसँग सम्पूर्ण कस्केलीलाई जोड्दै यहाँको समृद्धि र विकासमा योगदान पु¥याउनका लागि यो सम्मेलन आयोजना गरिएको हो ।”साझा मञ्च निर्माणसँगै नेपालभित्र र बाहिर कस्केलीको हितलाई प्रवद्र्धन गर्ने, कास्कीको समग्र हितमा कस्केलीको योगदानलाई परिचालन गर्ने, विदेशी मुलुकमा भएका सांस्कृतिक र पर्यटकीय क्षेत्रको अनुभवलाई कास्कीमा आदानप्रदान गर्ने, कस्केलीको ज्ञान सीप क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिए ।कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्ने सम्मेलनमा विश्वमा छरिएर रहेका २२ वटा भन्दा बढी देशबाट गैर आवासीय कास्केली पोखरा आइसकेको र अरु आउने क्रममा रहेको जनाइएको छ ।परिषद्का महासचिव गोविन्दप्रसाद पौडेलकाअनुसार सम्मेलनको पूर्व सन्ध्यामा असोज २३ गते बिहान पोखरामा २१ किमी९हाफ म्याराथुन० दौड प्रतियोगिता आयोजना गरिने छ ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।उक्त पुरस्कारको सौजन्य पोर्चुगलका पर्यटन दूत एवं कास्की समाज पोर्चुगल प्रमुख संरक्षक रमेशकुमार गुरुङले गर्नुभएको आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?