१० आश्विन २०७९, सोमवार

काभ्रेपलाञ्चोकमा चुनावी सरगर्मी बढ्दै

२०७४,आश्विन,२०,शुक्रवार ०६:२५

0
Shares

बनेपा, २० असोज ।काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ ।जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलसहित अन्य दल चुनावको सम्भावित परिणामका लागि छलफल र बैठकमा व्यस्त छन् ।नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको छ भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुवै निर्वाचनका लागि आन्तरिक बैठक जारी रहेको जनाएको छ ।नेपाली काँग्रेसका उपाध्यक्ष अच्युत पौडेलले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट तीर्थ लामाको नाम सर्वसम्मत सिफारिस भएको बताए ।त्यस्तै क्षेत्र नं २ बाट नेपाली काँग्रेसका सभापति मधुप्रसाद आचार्य, सांसद कञ्चनचन्द्र वादे, प्रचण्डमान प्रधान र डा राम थपलियाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभाका लागि जिल्लामा दुई निर्वाचन क्षेत्र छन् ।त्यस्तै प्रदेशसभाका लागि जिल्लाको क्षेत्र नं १ बाट सिवी लामा र दिनेश लामाको नाम सिफारिस भएको छ ।क्षेत्र नं २ बाट इन्द्रमणि अधिकारी, तीर्थबहादुर पचखल, मधुकर खनाललगायतको नाम सिफारिस भएको छ ।यस्तै क्षेत्र नं ३ बाट कञ्चनचन्द्र वादे, रामकुमार मुल्मी, प्रकाश थापाको नाम सिफारिस भएको छ ।क्षेत्र नं ४ बाट अच्युतप्रसाद पौडेल, सुन्दर आचार्य, बेलबहादुर लामाको नाम सिफारिस भएको छ ।यता एमालेले प्रतिनिधिसभामा क्षेत्र नं १ बाट रामहरि सुवेदी, नारायण पाण्डे, सङ्ग्रामजित लामा र पवित्रा भुर्तेलको नाम सिफारिस गरेको छ भने प्रदेशसभाको क्षेत्र नं १ बाट मुकुन्द लामा, ईश्वरी पौडेल, दिलीप तामाङ, नवीना लामा, दीपक गौतमलगायतको नाम सिफारिस गरेको छ ।क्षेत्र नं २ बाट कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, विष्णुप्रसाद खनाल, विदुर हुमागार्इंलगायतको नाम सिफारिस भएको छ ।क्षेत्र नं ४ बाट वसुन्धरा हुमागार्इं, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, हरिशरण दाहाललगायतको नाम सिफारिस भएको छ । तर क्षेत्र नं ३ बाट कसैको नाम सिफारिस नभएको एमालेले जनाएको छ ।माओवादी केन्द्रले बैठक जारी रहेको जनाउँदै केन्द्रको निर्णय पर्खेर बसेको जनाएको छ ।पार्टीका पोलिटब्युरो सदस्य दीनानाथ गौतमले निर्वाचनका लागि तयारी भएको उल्लेख गर्दै एमालेसँगको छलफल जारी रहेको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०६:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौंडा । हेटौंडामा पौडी खेल्न गएका तीन जना बालक बेपत्ता भएका छन् । शुक्रवार खोलामा पौडी खेल्ने क्रममा ती बालक

भक्तपुर । भक्तपुरको लामाटोलमा २४ सै घन्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका-९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औं राष्ट्रिय बाल

चितवन । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष

ताजा समाचार

वनमन्त्री यादव अमेरिका प्रस्थान
 २०७९,आश्विन,१०,सोमवार ०८:३१
यस्तो रहनेछ आजको मौसम
 २०७९,आश्विन,१०,सोमवार ०८:२८
चाडवाड लक्षित ‘रुट परमिट’ खुल्यो
 २०७९,आश्विन,१०,सोमवार ०७:२३