३१ भाद्र २०७८, बिहीवार

काभ्रेपलाञ्चोकमा चुनावी सरगर्मी बढ्दै

२०७४,आश्विन,२०,शुक्रवार ०६:२५


बनेपा, २० असोज ।काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ ।जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलसहित अन्य दल चुनावको सम्भावित परिणामका लागि छलफल र बैठकमा व्यस्त छन् ।नेपाली काँग्रेसले प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको छ भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुवै निर्वाचनका लागि आन्तरिक बैठक जारी रहेको जनाएको छ ।नेपाली काँग्रेसका उपाध्यक्ष अच्युत पौडेलले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट तीर्थ लामाको नाम सर्वसम्मत सिफारिस भएको बताए ।त्यस्तै क्षेत्र नं २ बाट नेपाली काँग्रेसका सभापति मधुप्रसाद आचार्य, सांसद कञ्चनचन्द्र वादे, प्रचण्डमान प्रधान र डा राम थपलियाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभाका लागि जिल्लामा दुई निर्वाचन क्षेत्र छन् ।त्यस्तै प्रदेशसभाका लागि जिल्लाको क्षेत्र नं १ बाट सिवी लामा र दिनेश लामाको नाम सिफारिस भएको छ ।क्षेत्र नं २ बाट इन्द्रमणि अधिकारी, तीर्थबहादुर पचखल, मधुकर खनाललगायतको नाम सिफारिस भएको छ ।यस्तै क्षेत्र नं ३ बाट कञ्चनचन्द्र वादे, रामकुमार मुल्मी, प्रकाश थापाको नाम सिफारिस भएको छ ।क्षेत्र नं ४ बाट अच्युतप्रसाद पौडेल, सुन्दर आचार्य, बेलबहादुर लामाको नाम सिफारिस भएको छ ।यता एमालेले प्रतिनिधिसभामा क्षेत्र नं १ बाट रामहरि सुवेदी, नारायण पाण्डे, सङ्ग्रामजित लामा र पवित्रा भुर्तेलको नाम सिफारिस गरेको छ भने प्रदेशसभाको क्षेत्र नं १ बाट मुकुन्द लामा, ईश्वरी पौडेल, दिलीप तामाङ, नवीना लामा, दीपक गौतमलगायतको नाम सिफारिस गरेको छ ।क्षेत्र नं २ बाट कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, विष्णुप्रसाद खनाल, विदुर हुमागार्इंलगायतको नाम सिफारिस भएको छ ।क्षेत्र नं ४ बाट वसुन्धरा हुमागार्इं, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, हरिशरण दाहाललगायतको नाम सिफारिस भएको छ । तर क्षेत्र नं ३ बाट कसैको नाम सिफारिस नभएको एमालेले जनाएको छ ।माओवादी केन्द्रले बैठक जारी रहेको जनाउँदै केन्द्रको निर्णय पर्खेर बसेको जनाएको छ ।पार्टीका पोलिटब्युरो सदस्य दीनानाथ गौतमले निर्वाचनका लागि तयारी भएको उल्लेख गर्दै एमालेसँगको छलफल जारी रहेको बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०६:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभामा थप एक दलको सहभागिता भएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी दल प्रदेश

मकवानपुर । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड – १९

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देश विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताएकी छन् । निजामती सेवा दिवस,

ताजा समाचार