कोरोना नियन्त्रणका लागि प्रदेश २ सरकारले गठन गर्‍यो सर्वदलीय संयन्त्र

काठमाडौं । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि सरकारले चालेको कदमलाई प्रभावकारी बनाउन भन्दै प्रदेश नं. २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शनिबार सर्वदलीय संयन्त्र गठन गरेका हुन् । सामाजिक विकास मन्त्री नवल किशोर शाहको संयोजकत्वमा नेकपा(एमाले), नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपाका नेताहरु रहेका छन् । सर्वदलीय संयन्त्रमा नेकपा (एमाले) संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता भरत शाह, जसपाका सचेतक परमेश्वर शाह र प्रदेश सभा सदस्य राम अशिष यादव रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?