मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग

टोकियो, जापान, २० असोज ।रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गाैला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।पारिवारिक अवस्था नाजुक भएर उपचारार्थ अस्पतालमा लाग्ने रकमको व्यवस्था गर्न नसकेका मिर्गौला पीडितलाई पाँच लाख १७ हजार ६५० जापानीयान सहयोग गरिएको हो ।गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाललाई जापानवासी नेपालीले छुट्टाछुट्टै रुपमा सहयोग गरेका हुन् । गोरखाका गुरुङलाई विभिन्न संघ संस्थाबाट उठाएको रकममा थपेर तमु धींले तीन लाख ७८ हजार ९०५ जापानीयान सहयोग गरेको जनाएको छ ।त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराई अरेवाका ५३ वर्षीय भुसाललाई पौदी समाज जापानले एक लाख ३८ हजार ७४५ जापानीयान सहयोग गरेको हो ।गुल्मीका भुसाल बचाउ दुई सातासम्म चलेको अभियानबाट संकलन भएको रकम पौदी सेवा समाज जापानका अध्यक्ष गोविन्द भुसालमार्फत पीडितसम्म पु¥याइएको छ ।त्यस्तै घान्द्रुक समाज, पञ्चासे र जिफान तथा तमु धीं जापानले संयुक्तरुपमा गुरुङ बचाउ अभियानमार्फत रकम संकलन गरेका थिए । संकलित रकम सञ्चारकर्मी डण्ड गुरुङमार्फत पीडितसम्म पु¥याइएको छ ।भुसालको भारतको कानपुरमा उपचार भइरहेको छ । भुसालको मिर्गाैला प्रत्यारोपणमा व्यक्ति पाए पनि रु ५० लाख खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?