अमेरिका र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता, के भयो सहमती ?

RSS
84
Shares

सिन्ह्वा । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच शुक्रवार फोनवार्ता भएको छ ।

सो वार्ताका क्रममा उनीहरु एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको बताइएको छ ।

टर्कीको राजधानी इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।

प्राप्त समाचारमा उनीहरुले पछिल्लो समयमा विकसिक विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गरेका थिए ।

उनीहरुले पछिल्लो समयमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमाा पनि कुराकानी गरेका थिए ।

उनीहरुबीच आगामी जुन महिनामा द्धिपक्षीय भेटवार्ता हुने भएको बताइएको छ ।

आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलन हुने भएको छ । सोही सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?