१४ जेष्ठ २०८०, आईतवार

नौ वर्षीय बालक एक सातादेखि बेपत्ता

२०७४,आश्विन,२०,शुक्रवार ०६:०८

0
Shares

डडेल्धुरा, २० असोज ।असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ ।मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको विवसका बुबा केशव बोहराले बताए । आफन्त कहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरी सक्दा पनि कतै नभएको खबरले आफूहरूलाई छटपटी बढिरहेको विवसकी आमा चन्द्रादेवी बोहराले बताए ।प्रहरीलाई पनि खबर गर्दासमेत कहीँकतै नभएको जानकारी आएको केशवको भनाइ रहेको छ । कहीबाट छोराको खबर नपाउँदा विवसका आमाबाबुलाई दिन प्रतिदिन चिन्ता बढदै गएको छ । छोराको खोजी गरिदिनका लागि बोहरा दम्पतीले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०६:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९