सीमा व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

RSS
130
Shares

मोरङ । प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकि छिन् । मन्त्री राईले भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यसक्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिएकि हुन् ।

भारतमा कोरोना सङ्क्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड लाग्ने गरेको पाइएकोले सरकारको निर्देशनअनुसार कार्य गर्नुपर्नेमा उनले जोड दिइन् । मन्त्री राईले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्न, स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइन् । उनले दैनिक अत्यधिक सङ्ख्यामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ भन्दै अविलम्व नियन्त्रण गर्नुपर्ने आवश्यक्ता आंैल्याइन् । मन्त्री राईले सइनीमा क्षेत्रमा चोरवाटो प्रयोग गर्नेलाई नियन्त्रण गर्न जोड दिँदै मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउन निर्देशन दिइन् ।

शसस्त्र प्रहरी वलका प्रहरी उपरीक्षक तीर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको र शंकास्पदको चेकजाँच गरी सम्वन्धित निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराए । उनले पहिलेको तुलनामा सीमा क्षेत्रमा आवतजावत गर्ने कार्य नियन्त्रण हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?