तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल

लोकपथ
0
Shares

काठमाडौं । वि.सं. २०७८ साल बैशाख ११ गते । शनिवार । इ.स.२०२१ अप्रिल २४ तारिक । शकसंवत् १९४२ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र शुक्लपक्ष । तिथी– द्वादशी,१६ बजेर ११ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– उत्तराफाल्गुनी,२६ बजेर १० मिनेट उप्रान्त हस्त । योग–ध्रुव,०९ बजेर ०२ मिनेट उप्रान्त व्याघात । करण–बालव,१६ बजेर ११ मिनेट उप्रान्त कौलव,२७ बजेर १९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–सिंह,०८ बजेर ५३ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३२ मिनेटमा,सूर्यास्त १८ बजेर ३२ मिनेटमा । दिनमान ३२ घडी २९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरिएको मेहनेतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मेहनेत गर्नेहरुका लागी समय फलदायी रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यावसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृड हुनेछ । चिठ्ठा पर्ने तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरिको प्रगतीमा मन प्रशन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । सत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पती फिर्ता हुने योग रहेकोछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले लामो दुरिको यात्रा हुने भएपनि बाटोमा दुख हुन सक्छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने स्वदेशी व्यापारमा मन्दी आउनेछ । पढाइ लेखाइमा मन नजादा नतिजा अरुतिर जानेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । प्रेममा धोका हुन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्रोत साधन जुटनाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यावसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यावसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालवा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिएपनि अन्तत काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यावसायमा केहि मन्दी आएपनि दैनिकी प्रभावित हुनेछैन ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो खटाईमा बावजुद आंशिक सफलता हात पार्न सकिनेछ । पढाइ लेखाइमा कमी कमजोरी भएको अनुभूती हुनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?