राष्ट्रिय सभा सदस्यबाट हटे चन्द्रबहादुर खड्का (पत्रसहित)

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई हटाएको छ ।

शुक्रवार (आज) माओवादी केन्द्रले खड्काले दल त्याग गरेको सूचना संसद सचिवालयमा दर्ता गराएको छ ।

माओवादी केन्द्र राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले पत्र लेख्दै त्यसबारे जानकारी गराएका छन् ।

यसअघि गृहमन्त्री समेत रहेका राष्ट्रिय सभा सदस्य रहेका रामबहादुर थापा बादललाई समेत माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?