मन्त्री आलेद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

लोकपथ
13
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् ।

उनले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह टामटालाई  १० हजार सहयोग प्रदान गरेका हुन् ।

लामो समयदेखि बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका दुवै जनालाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गरेका उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?