१६ मङ्सिर २०८०, शनिवार

अन्तुमा पर्यटकको चहलपहल बढ्यो

२०७४,आश्विन,२०,शुक्रवार ०५:५७

0
Shares

इलाम, २० असोज ।सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ ।मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको ‘ग्रीन कार्पेट’ लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।अन्तु पोखरीमा डुंगा सयर गर्दै मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन् । “चियाबारी र सल्लाघारीबीचको पोखरीमा डुंगा सयर आनन्द लाग्छ,” डुंगा यात्रापछि इलामबाट अन्तु आउनुभएकी प्रजिना गुरागाईंले भने ।यहाँको जातीय झाँकी, पुरातात्विक वस्तुको संग्रहालय पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित बनाएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको बसाई र घुमाइको लागि प्रबन्ध मिलाएको छ । गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताए ।यतिबेला झापा, इलाम, मोरङलगायत भारतको विभिन्न स्थानबाट पर्यटक आउन थालेका छन् ।नेपालको विभिन्न भू–भाग र पश्चिमा पर्यटक पनि अन्तुमा आउने गरेका छन् । स्थानीय अन्तु र समालबुङका चार दर्जन धेरै घरमा पर्यटकलाई पेइङगेष्टको आधारमा खाने बस्ने प्रबन्ध मिलाइएको छ । मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिले भ्यूटावर निर्माण गरिदिएपछि पर्यटकलाई चउरमा बसेर सूर्याेदय हेर्नुपर्ने बाध्यता टरेको छ ।पशुपतिनगर बजारबाट भारतीय बाटोको प्रयोग गर्दै छब्बिसेबाट गुफापातलको अवलोकनपछि पनि अन्तु पुग्न सकिन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०५:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि विभिन्न क्षेत्रका पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको

विराटनगर । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर

काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो ।

रामेछाप । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । रामेछाप र दोलखाको सिमानामा

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३