बालुवाटार बैठक : कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ४ सांसद निलम्बित

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने ४ सांसदहरुलाई निलम्बन गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले त्यस्तो निर्णय गरेको हो ।

आजको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेश सरकारलाई समर्थन दिएको भन्दै सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई सांसद र पार्टीको साधारण सदस्यताबाटै हटाएको हो ।

जसमा नेता वामदेव गौतमलाई समेटिएको छ, भने वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई नराखिएको स्रोतले जनाएको छ ।

गत फागुन २८ गते बसेको एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी खारेज गरेको थियो ।

जसमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?