ओलीले गठन गरे स्थायी कमिटी : वामदेवलाई भित्राए, खनाल-नेपाललाई हटाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी विस्तार गरेका छन् ।

आज बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटीको बैठकले स्थायी कमिटी विस्तार गरेको हो । जसमा नेता वामदेव गौतमलाई समेटिएको छ, भने वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई नराखिएको स्रोतले जनाएको छ ।

गत फागुन २८ गते बसेको एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी खारेज गरेको थियो ।

जसमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?