शुरु भयो एमालेको बैठक, कर्णालीका ४ सांसदलाई कारबाही हुनसक्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक शुरु भएको छ ।

केहीबेरअघि बालुवाटारमा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठकले बैठक शुरु भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले लोकपथलाई जानकारी दिए ।

आजको बैठकमा कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टीबाट निश्काशन गर्ने तयारी गरेको छ ।

उनीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार जोगाउन पार्टीको ह्वीप उल्लघंन गर्दै शाहीको पक्षमा मतदान गरेका थिए । सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।

सोहीकारण कर्णालीमा एमालेले प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाउन लागेको बताइएको छ ।

त्यस्तै नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाललगायतका संघीय सांसदहरुलाइ भने उनीहरुको स्पष्टीकरण अध्ययन गरेर मात्रै निर्णय लिने भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?