भारतमा थप ३ लाख ३० हजार बढीमा कोरोना संक्रमण, २२ सय बढीको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ३० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि र २२ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन ३ लाख ३२ हजार ७३० जना संक्रमित थपिएका छन् भने २ हजार २ सय ६३ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतमा लगातार एकैदिन ३ लाखको संख्यामा नयाँ संक्रमित थपिएकोे दोस्रो दिन हो । त्यहाँ कोरोना संक्रमणको अवस्था भयावह बन्दै गईरहेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ६१६ पुगेको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ६३ हजार ६९५ पुगेको छ । गत २४ घण्टामा त्यहाँ १ लाख ९२ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त भएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२० पुगेको छ । त्यहाँ हालसम्म १३ करोड ५४ लाख ७८ हजार ४२० जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?