श्रीलंकाले भारतमा उत्पादित कोभिशिल्ड खोप प्रयोग गर्ने

लोकपथ
13
Shares

काठमाडौं । श्रीलंकाले चीनमा उत्पादित कोभिड १९ बिरुद्धको खोप रोकेर भारतमा उत्पादित खोप प्रयोग गर्ने भएको छ ।

श्रीलंकामा कोभिड १९ बिरुद्धको चिनियाँ साइनोफार्म खोप रोकेर भारतमा उत्पादित कोभिशिल्ड खोप प्रयोग गर्ने भएको हो ।

चिनियाँ साइनोफार्म खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल पुरा नगरेको कारण हाल उक्त खोप लगाउन रोकेको श्रीलंका संसदका सह प्रवक्ता डा. रमेश पथिरानाले बताएका छन् । त्यस्तै, साइनोफार्म खोपको दर्ताबारे पुर्ण विवरण प्राप्त नभएको पनि उनले बताए ।

विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको साइनोफार्म खोपको दर्ता गर्न अझै समय लाग्ने देखिएको पनि पथिरानाले बताए । श्रीलंका मुख्य गरि बेलायतको अस्ट्रेजेनेका को भारतीय स्थानीय उत्पादन कोभिशिल्ड खोपमा निर्भर रहेको पनि सह प्रवक्ता पथिरानाको भनाई छ ।

श्रीलंकाको संसदले पाँच करोड बीस लाख अमेरिकी डलर बराबरको लागतमा एक करोड डोज कोभिशिल्ड खोप भारतबाट निर्यात गर्ने स्वीकृत गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?