कैलालीमा एम्बुलेन्सबाटै सात जना भारतीय संक्रमित भागे

लोकपथ
13
Shares

टेकसिंह धामी, धनगढी । कैलालीमा सातजना कोरोना संक्रमित भागेका छन् । आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ देखिएका सात जना एम्बुलेन्सबाटै भागेका हुन् ।

बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका सात जनामा संक्रमण देखिएको थियो । सातै जना संक्रमितहरु भारतीय नागरिक हुन् । त्रिनगर नाकामा परिक्षण गर्दा गनीहरुलाइ संक्रमण पुष्टि भएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका सँगै बसेका संक्रमितलाई उद्धृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए ।

उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ। यस विषयमा माथिल्लो निकायमा खबर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?