वामदेवले प्रधानमन्त्री ओलीलाई भने – ‘म तपाईंसँग आउन सक्दिन’

काठमाडौं । नेकपा(एमाले) राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आउन नसक्ने बताएका छन् ।

बिहिबारको भेटमा प्रधानमन्त्री ओलीले गौतमलाई पार्टी काममा फर्किन अनुरोध गरेको र उनले प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक निर्णय फिर्ता लिन अनुरोध गरेको गौतमले आफ्नो प्रेस संयोजक विश्वमणि सुवेदी मार्फत बताएका छन् ।

भेटमा ओलीले निर्णयहरु फिर्ता नहुने बताएसँगै गौतमले पनि त्यसो हुँदा आफु ओलीसँग आउन नसक्ने जवाफ फर्काएका उनको भनाई छ । डिनर चल्दै गर्दा आफु प्रधानमन्त्री निवास बालुवाटारबाट बिदा भएको गौतमले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?