कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

RSS
0
Shares

धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिकाको चौमाला राजीपुरमा बिहीबार दिउँसो बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–४ का २८ वर्षीय ललित रावतको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशामा गुडिरहेको म ८ प ३९८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रावतलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लागिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको लम्कीमा टायर बालेर राजमार्ग अबरुद्ध पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?