राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि निर्वाचनको मिति तोकेको छ।

मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार आयोगले आगामी जेठ ६ गते उपनिर्वाचनको मिति तोकेको हो।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। आयोगले वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न समय तोकेको छ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सरोकारवालाहरूसँग अनुरोध पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?