ओली र नेपालबीच डेढ घण्टा ‘वान टु वान’ वार्ता

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (बिहीवार) डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको छ।

करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधवार काठमाडौंको नक्सालस्थित एक होटलमा भेटवार्ता भएको थियो । त्यसको भोलिपल्ट बिहीवार पनि दुई नेताबीच सोही होटलमै करिब डेढ घण्टा कुराकानी भएको हो।

कुराकानी सकारात्मक रहेको प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले बताए । आफू दुई नेता बीचको वार्तामा नबसेको भएपनि वार्ता पछि दुवै नेताहरु प्रफुल्ल भएर निस्किएको देखिएकोले वार्ता सकारात्मक  भएको अनुमान गर्न सकिने उनले बताए।

वार्ता सकारात्मक भएको र अब फेरि पनि एक दुई दिनमा वार्ता हुने दुगडले बताए । एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला पार्टीका प्रमुख दुई नेताबीच बुधबार यता दोस्रोपटक भेटवार्ता भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?