नेपाल-खनाल पक्षद्वारा ओलीविरुद्ध सर्वोच्चमा रिट दर्ता (निवेदनसहित)

काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रिट दर्ता गराएका छन् ।

बिहीवार(आज) नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालको तर्फबाट रिट दर्ता भएको छ ।

बुधवार नै निवेदन सर्वोच्चमा पुगेपनि समय अभावका कारण आज मात्रै रिट दर्ता भएको हो । रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही असंवैधानिक भएको बताइएको छ । त्यस्तै अध्यक्ष ओलीले फागुन २४ गते ओलीले गरेको आफूपक्षीय निर्णयको विरुद्धमा रिट दर्ता गराएका हुन् ।

उक्त रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग र सभामुखलाई समेत विपक्षी बनाइएको छ ।

त्यस्तै उक्त रिटमा आइतवारका लागि पेशी तोकिएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/Madhab-nepal-Writ-Final-1.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?