बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय संक्रमितको उपचारका क्रममा आज बिहवार बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार यही वैशाख ७ गते गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । जिल्लामा आजमात्रै २०४ नयाँ संक्रमित थपिएका छन् ।
भेरी अस्पतालमा लिइएको ३५० नमूना स्वाबको परीक्षणमा २०४ मा कोरोना पुष्टि भएको उनले बताए । दैनिकरूपमा संक्रमित र बिरामीको चाप बढेपछि बाँकेका अस्पताललमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया