ओली र नेपालको सकारात्मक ‘बडी ल्याङ्ग्वेज’ : एउटै झ्यालबाट नियाले धरहरा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजपनि भेटघाट भएको छ । पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेका ओली र नेपालबीच बुधवारदेखि भेटवार्ता शुरू भएको हो।

भेटघाटका लागि नागपोखरीस्थित होटल मेरियट पुगेका ओली र नेपालले होटलको झ्यालबाट धरहराको दृश्य नियालेका छन्। वैशाख ११ गते शनिवार उद्घाटन गर्न लागिएको धरहरा ओली र नेपालले हेरिरहेको तस्वीर बाहिरिएको छ । तस्वीरमा ओली र नेपालबीच धरहराको विषयमा कुराकानी भइरहेको ‘बडि ल्याङ्ग्वेज’ ले संकेत गरेको छ । धरहरा हेर्दै नेपालले ओलीलाई केहि भनिरहेको जस्तो देखिन्छ भने ओलीले सुनिरहेको देखिन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै भनेका छन्-‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपाेखरीस्थित मेरियट हाेटलकाे भेटघाट कक्षकाे झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराकाे दृश्यावलाेकन गर्नुहुँदै’ ।

बुधवार र बिहीवारको बडी ल्याङ्ग्वेजले दुई नेताबीचको वार्ता सकारात्मक प्रेरित रहेको संकेत दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?