सवारी दुर्घटनमा परि ७ जना घाइते

RSS
0
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा कार र विङ्गर आपसमा ठोक्किँदा ६ जना यात्रु घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना १ ज ८८८५ नं को टाटा विङ्गर र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०१–०२२ च २५३६ नं को कार आपसमा ठोक्किँदा कारमा सवार दुई र विङ्गरमा सवार पाँच यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ वर्षीय एक बालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?